Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कालोबजारी गर्नेलाई नै राष्ट्रपतिद्धारा कदर

    कालोबजारी गर्नेलाई नै राष्ट्रपतिद्धारा कदर

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । नयाँ बर्षको दिन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रवल जनसेवा श्री चतुर्थ थापेपछि भोलिपल्टको एउटा राष्ट्रिय दैनिकमा पुरा पृष्ठको बधाई छपाउने अरु कोहि नभएर उनै व्यापारी हुन्, जसका छोराले ठ्याक्कै एक बर्षअघि कोरोनाको कहरबीच थर्मल गन (शरीरको तापक्रम नाप्ने मेशिन) कालोबजारीमा कुटनीतक सुविधाको गाडी भरपुर दुरुपयोग गरेका थिए ।

    मुलुक र जनताको विकास तथा सुविधामा विशेष योग्दान पुर्याउनेहरुलाई प्रदान गरिने मान पदवी र अलंकार यसपटक शंकरलाल अग्रवाललाई पनि दिइएको छ ।



    आफैले छपाएको विज्ञापनमा नेपाली उद्योग तथा व्यवसाय क्षेत्रमा उत्कृष्ट योगदानको उच्च कदरस्वरुप राष्ट्रपतिले शंकर ग्रुपका अध्यक्ष तथा प्रतिष्ठित उद्योगी व्यवसायीलाई उक्त पदकबाट विभुषित गर्नुभएको विवरण उल्लेख छ ।



    शंकर उनै कालोबजारीमा थुनिएका सुलभ अग्रवालका वुबा हुन् । शंकर ग्रुपमा बुबा अध्यक्ष छन् भने छोरा उपाध्यक्ष हुन् ।

    ग्रुपमा अहिले ३० भनदा बढी कम्पनी रहेका बताइन्छ । जनआस्था साप्ताहिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार