Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोनाले सीताराम येचुरीका ३५ बर्षीय छोराको मृत्यु

    कोरोनाले सीताराम येचुरीका ३५ बर्षीय छोराको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । भारतीय कम्युनिष्ट पार्टीका नेता सीताराम येचुरीका ३५ बर्षीय छोराको मृयु भएको छ।

    आज बिहान कोरोना संक्रमणका कारण उनको ३५ वर्षीय छोरा आशिष येचुरीको मृत्यु भएको हो ।



    सीताराम येचुरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त दुःखद् समाचारबारे जानकारी गराएका हुन् ।



    उनले ट्वीट गर्दै भनेका छन्, ‘निकै दुःखका साथ भन्नु परेको छ कि मैले आफ्नो जेठो छोरा आशिष येचुरीलाई कोभिड–१९ का कारण आज बिहान गुमाएको छु, हामीलाई विश्वास जगाउने, उसको उपचारमा खटिएका चिकित्सक, नर्स, फ्रन्टलाइन स्वास्थ्यकर्मी, सफाइकर्मीका साथै हामीसँग खडा भएका ती अनगिन्ती सबैप्रति धन्यवाद दिन चाहन्छु ।’

    पछिल्लो समय भारतमा दोस्रो चरणको कोरोना भाइरसको महामारी पुन सक्रिय भएसँगै संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार