Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा

    कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 4.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ।  नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा पर्न सफल भएका छन् ।

    रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी०ले बरियातामा समावेश गरेको हो ।



    भुर्तेल टी–२० को नयाँ बरियतामा शीर्ष १०० खेलाडीको सूचीमा परेका छन् । उनी ९३ औँ स्थानमा रहेका छन् ।



    भुर्तेल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल भएका छन् । उनले तीन खेलमा एक सय ८५ रन बनाएका छन् ।

    भुर्तेलले नदेरल्याण्ड्ससितको खेलमा दुई तथा मलेसियासितको खेलमा एउटा अद्र्धशतक बनाएका थिए ।

    नेदरल्याण्ड्ससितको पहिलो खेलमा भुर्तेलले ६२ रन, मलेसियासितको खेलमा ६१ रन तथा नेदरल्याण्ड्ससितको खेलमा ६२ रन बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार