Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भारतमा संसारकै नयाँ रेकर्ड, सबैभन्दा बढी दैनिक कोभिड सङ्क्रमण पुष्टि

    भारतमा संसारकै नयाँ रेकर्ड, सबैभन्दा बढी दैनिक कोभिड सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी। भारतमा विगत २४ घण्टामा तीन लाख १४ हजार आठ सय ३५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

    यो संसारको कुनै पनि देशमा एकै दिन सङ्क्रमण पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।



    बुधवार नै भारतमा २,१०४ जनाको सङ्क्रमणसम्बन्धी कारणले मृत्यु भएको छ जुन त्यहाँ भएको दैनिक सर्वाधिक मृत्यु हो।



    योसँगै भारतमा कुल सङ्क्रमण सङ्ख्या लगभग एक करोड ६० लाख पुगेको छ जुन अमेरिकाको लगभग तीन करोड १९ लाखभन्दा मात्रै कम हो।भारत कोभिडको घातक दोस्रो लहरमा परेको छ र त्यहाँ भएको अक्सिजनको कमीले बिरामी थेग्नै नसकेको स्वास्थ्य सेवालाई झन् प्रभावित बनाएको छ।

    दिल्लीको उच्च न्यायालयले समेत अक्सिजनको कमीलाई लिएर सरकारको आलोचना गरेको छ।

    छ निजी अस्पतालका मालिकहरूले दर्ता गरेको मुद्दाको फैसलामा भनिएको छस् ूयो हास्यास्पद छ। हामी भारतभर अक्सिजन आपूर्ति गर्न केन्द्रले के गरिरहेको छ भनेर जान्न चाहन्छौँ।ू

    अदालतले सरकारलाई उद्योगबाट अस्पतालसम्म अक्सिजन पुर्‍याउन सुरक्षित मार्ग प्रदान गर्न आदेश दिएको छ।

    भारतभर अक्सिजन कुर्दाकुर्दै मानिसहरूको मृत्यु भएको विवरण आएका छन्। यसरी मृत्यु हुनेको यकिन सङ्ख्या भने पत्ता लाग्न सम्भव छैन।भारतका मुख्य सहरका अस्पताल बाहिर बिरामीको घुइँचो लागेको छ र स्वास्थ्य सेवा असहज बनेको छ।

    यसैबीच अति प्रभावित महाराष्ट्र राज्यका अधिकारीहरूले बिहीवार बेलुकीदेखि लागु हुने गरी थप प्रतिबन्धहरू लगाएका छन्।

    एप्रिल १४ देखि आंशिक लकडाउनमा रहेको महाराष्ट्र भारतको सबैभन्दा धनी राज्य हो र यो कोभिड सङ्क्रमणको केन्द्र पनि हो। त्यहाँ भारतका कुलमध्ये एकचौथाइ सङ्क्रमण पुष्टि भएको छ।

    मुम्बई रहेको महाराष्ट्रमा हालसम्म ६७ हजारभन्दा बढीको ज्यान कोरोनाभाइरसका कारण गएको छ। भारतभर मृत्यु हुनेको सङ्ख्या एक लाख ८० हजारभन्दा केही बढी छ।भारतमा हालैका दिनका स्वास्थ्य सावधानी नअपनाएको, लाखौँ जम्मा भएको हिन्दू मेला र भाइरसको म्युटन्ट भेरिअन्टका कारण सङ्क्रमण धेरै बढेको मानिन्छ।

    पश्चिम बङ्गालमा निर्वाचन भइरहेको छ र त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको दलसहित अन्य दलका ठूला जुलुस रोकिएका छैनन्। बिहीवार त्यहाँ छैटौँ चरणको मतदान हुँदै छ।

    भारतमा हालसम्म एक अर्ब २० करोड कोभिड खोपको मात्रा दिइसकिएको छ। तर त्यो आवश्यक गतिमा नभएको विज्ञहरूको भनाइ छ।

    मे १ देखि त्यहाँ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिइँदै छ।बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार