Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मुख्यमन्त्री राईलाई ‘बलात्कारी’को आरोप लगाउने बालिका खड्का पार्टी कार्यालयबाटै पक्राउ

    मुख्यमन्त्री राईलाई ‘बलात्कारी’को आरोप लगाउने बालिका खड्का पार्टी कार्यालयबाटै पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 4.5K
    SHARES

    काठमाडौँ। प्रहरीले नेकपा एमालेकी बिबादास्पाद नेतृ बालिका खड्कालाई पक्राउ गरेको छ।

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज र यौनशोषणको आरोप लगाउँदै आएकी खड्कालाई एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट प्रहरीले पक्राउ गरेको हो।



    कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि उनलाई प्रहरीलेपक्राउ गरेको थियो ।



    आज पार्टी कार्यालय थापाथलीमा पुगेकी खड्कालाई पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    मुख्यमन्त्री राई र खड्काबीच लामो समयदेखि विवाद रहँदै आएको छ ।

    यसअघि पनि खड्का पक्राउ पर्दै छुट्दै आएकी थिइन।

    खड्काले केही समय पहिले  राईकी श्रीमती भएको दाबी गर्दै अंश मुद्दा दायर गरेर चर्चामा आएकी थिइन्।

    तर, उनले  मुद्दा फिर्ता लिइसकेकी छन्। खड्काले अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै काठमाडौं जिल्ला अदालतबाट मुद्दा फिर्ता लिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार