Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • हङ्‌कङमा अपराध अनुसन्धान गर्न भन्दै ९० बर्षीया बृद्धासँग करोडौँ डलर ठगी

    हङ्‌कङमा अपराध अनुसन्धान गर्न भन्दै ९० बर्षीया बृद्धासँग करोडौँ डलर ठगी

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । आफूहरूलाई अपराध अनुसन्धानमा संलग्न चिनियाँ अधिकारीको रूपमा चिनाउने केही व्यक्तिले हङ्‍कङकी एक ९० वर्षीया महिलाबाट २५ करोड हङ्‍कङ डलर अर्थात् तीन करोड २० लाख अमेरिकी डलर बराबरको रकम ठगेको प्रहरीले बताएको छ।

    हङ्‌कङ प्रहरीका अनुसार ती ठगहरूले आफूहरू चीनमा एउटा अपराधको अनुसन्धान गरिरहेको अधिकारीका रूपमा प्रस्तुत गरेका थिए।



    उनीहरूले ती महिलालाई उनको नाम र परिचय मुख्यभूमि चीनमा दुरुपयोग भएको बताएका थिए।



    त्यसपछि उनलाई गत अगस्टदेखि ज्यानुअरीसम्म एउटा कथित अनुसन्धानमा सहयोग गर्नका निम्ति भन्दै ११ पटक एउटा ब्याङ्क खातामा रकम जम्मा गर्न बाध्य पारिएको थियो।

    अहिलेसम्म अनुसन्धानकर्ताहरूले एक १९ वर्षीय किशोरलाई पक्राउ गरेको भए पनि उनी जमानतमा छुटेका छन्।

    स्थानीय सञ्चारमाध्यमका अनुसार मुख्यभूमि चीनको अधिकृत भएको देखाउने व्यक्तिहरूले गत वर्ष अगस्टमा पहिलो पटक पीडित महिलालाई सम्पर्क गरेका थिए।

    त्यसपछि ठगहरू ती महिलाको घरमा गएका थिए र आफूहरूसँग सम्पर्क गर्नका लागि एउटा फोन दिएका थिए।

    ती महिलाकी घरेलु कामदारले उनकी छोरीलाई असामान्य गतिविधिबारे जानकारी गराएपछि मात्र उक्त घटना बाहिर आएको हो।

    ती वृद्धा उनी हङ्‌कङमा एकदमै सम्पन्न मानिने ‘द पीक’ क्षेत्रमा परिवारबिना एक्लै बस्दै आएकी छिन्। तर उनको घरमा केही सहयोगीहरू थिए। स्रोत: बीबीसी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार