Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • पत्रकार महासंघका नवनिर्वाचित सदस्य ‘बलात्कार’को आरोपमा पक्राउ

    पत्रकार महासंघका नवनिर्वाचित सदस्य ‘बलात्कार’को आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    बुटवल । पत्रकार महासंघ रुपन्देहीका एक नवनिर्वाचित सदस्य बलात्कारको आरोपमा पक्राउ परेका छन ।

    गत चैत २५ गते महासंघ रूपन्देहीको कार्यसमिति सदस्यमा निर्वाचित पुनहरि बेल्वासे जबरजस्ती करणीको अभियोगमा पक्राउ परेको रुपन्देही प्रहरीले जनाएको छ ।



    नेपाल एजुकेशनल ट्रेनिङ सेन्टरका संचालक र आर्थिक बुलेटिन अनलाइन पत्रिकाका सम्पादक समेत रहेका बेलबासेमाथि इन्स्टिच्यूटमा पढ्न आउने युवतीलाई जबरजस्ती गरेको आरोप



    युवतीले जबरजस्ती करणीको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बेलबासेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

    पक्राउ परेका बेलबासेले आफ्नो इन्स्टिच्यूटमा पढ्न आएकी युवतीसँग फिसको विषयमा विवादहुँदा आफूले लिनुपर्ने शुल्क नछाडेपछि जबरजस्ती करणीको आरोप लगाएको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार