Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • वीरगन्ज नर्सिङ क्याम्पसकी एक महिलाको कोरोनाका कारण मृत्यु

    वीरगन्ज नर्सिङ क्याम्पसकी एक महिलाको कोरोनाका कारण मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 2.1K
    SHARES

    पर्सा। वीरगन्जस्थित चिकित्सा विज्ञान अध्ययन संस्थान (वीरगन्ज नर्सिङ क्याम्पस) मा कार्यरत एक महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

    आज बिहान उक्त नर्सिङ क्याम्पसमा कार्यरत ६१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशनदासले जानकारी दिए ।



    गत मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो।



    यसअघि गत चैत अन्तिम साता उक्त क्याम्पसमा १९ विधार्थी र वार्डेनसहित ६ जना कर्मचारी गरी २५ जनामा संक्रमण पुष्टि भएको थियो ।

    २५ जनामा संक्रमण भेटिएपछि चैत ३१ गते देखि क्याम्पस बन्द गरिएको छ । संक्रमण पुष्टि भएका १९ विधार्थी क्याम्पसमै आइसोलेसनमा छन्।

    संक्रमित कर्मचारी भने आ -आफनो घरको होम आइसोलेसनमा रहेको डाक्टर रोशनदासले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार