Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • नेपालद्धारा मलेसियालाई २१८ रनको लक्ष्य

    नेपालद्धारा मलेसियालाई २१८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो ।



    करण केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाउँदा नेपाल २१८ रनको लक्ष्य दिन सफल भएको हो । केसीले ४५ रन जोड्ने क्रममा ७ छक्का प्रहार गरेका छन् ।



    यस्तै ओपनर आसिफ शेखले ३२ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ४२ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २५ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा ४१ रन जोडे ।

    उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए । यसअघि लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भए ।

    कुशल मल्लले अविजित १९ रन जोडे । उनले १० बल खेल्दै २ छक्का प्रहार गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार