Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मेरियट होटल वार्ता : झ्यालबाट धरहराको दृश्यावलोकन !

    मेरियट होटल वार्ता : झ्यालबाट धरहराको दृश्यावलोकन !

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा दोस्रोदिन भेटवार्ता भएको छ ।

    हिजो साँझ पनि दुई नेताबीच छलफल भएको थियो र आज पुनः कुराकानी हुने भनिएको थियो । त्यसअनुसार दुई नेताबीच भेटवार्ता शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।



    हिजोको बैठकमा अध्यक्ष ओलीले नेपालले गरेका कार्य नमान्ने र नेता नेपालले पनि बाँकी निर्णय आफुपक्षीय नेताहरुसँग छलफल गरेपछि मात्र अघि बढ्ने भने सँगै बैठक आज पुन बस्ने भएको थियो।



    पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भएको भेटवार्ता सकारत्मक रहेको वार्तामा उपस्थित ओलिनिकट नेताहरुले बताई रहँदा केहीबेर अघिमात्र नेपालसहित नेपाल पक्षका १५ सांसदहरुले एक विज्ञप्तिनै जारि गरेर ओलीले पार्टी विभाजन गर्न लागेको उल्लेख गरेका थिए।

    दोस्रो दिन पुन: वार्तामा जुटेका ओली र नेपालले होटलको रुमबाट धरहरा नियाल्दै गरेको तस्बिर थापाले समजिक्क सञ्जालमार्फत सार्वजनिक गर्दै भनेका छन्,’ प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपाेखरीस्थित मेरियट हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराकाे दृश्यावलाेकन गर्नुहुँदै।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार