Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • श्रीमतीको हत्या गरेर श्रीमान फरार

    श्रीमतीको हत्या गरेर श्रीमान फरार

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 1.9K
    SHARES

    प्रतिकात्मक तस्विर

    वीरगञ्‍ज । बारामा एक महिलाको आफ्नै घरमाम हत्या भएको छ । आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा उनको शव भेटिएपछि उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

    जीतपुर सिमरा उपमहानगरपालिका–३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको हत्या भएको हो ।



    शव नजिकै इँट्टा भेटिनु तथा निधार र टाउकोमा गह्रौं वस्तुले हानेको जस्तो चोट देखिंनु, घटनापछि महिलाका श्रीमान फरार हुनु र मृतकका छोराहरुले बुबा र आमाबीच प्राय झगडा भइरहने बताउनुले महिलाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।



    प्रहरीसमक्ष मृतकका छोराहरुले बुधबार राति पनि बाबुआमाबीच विवाद भएको र बिहान माथिल्लो तलामा हेर्न जाँदा आमा मृत अवस्थामा देखिएको बताएका छन् ।

    इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ सहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान थालिसकेको छ ।

    कार्कीका श्रीमान हत्या गरेर भागेको हुनसक्ने आशंकामा प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार