Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपालमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन २४२८ संक्रमित थपिँदा, उपत्यकामा मात्रै ११७४ जनामा संक्रमण पुष्टि

    नेपालमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन २४२८ संक्रमित थपिँदा, उपत्यकामा मात्रै ११७४ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रममा जारी रहेको छ । कोरोनाको दोस्रो लहर सुरुभएपछि लगातार दोस्रो दिन संक्रमितको संख्या २ हजार भन्दा धेरैमाथि रहेको छ। कोरोनाको दोस्रो लहरपछि पहिलोपटक यति धेरै संख्यामा संक्रमित थपिएका हुन्।

    यसैबीच, आज पछिल्लो २४ घण्टामा थप २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको छ । १०  हजार ००१ जनामा पीसीआर परीक्षण र ४४७ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः२३६५ र ६३ जनामा संक्रमण पुष्टि भएको हो।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यस्तै, पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लख ७६ हजार ३४५ जना डिस्चार्ज भएका छन्।

    बिहीबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको पाँच  रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ११७ पुगेको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।

    हिजो नेपालमा २३५१ जना संक्रमित थपिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार