Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कोरोना नियन्त्रणमा सरकार उदासिन भएको नेता सिंहको आरोप

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कोरोना भाइरस सङ्क्रमणले मुलुकमा भयावह स्थिति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

आज राजधानीमा आयोजित कार्यक्रममा नेता सिंहले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा सरकार उदासिन देखिएको आरोपसमेत लगाए । सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नु भन्दा पनि सत्ता जोगाउन बढी केन्द्रित देखिएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले कोरोनाका कारणले कोही नेपालीले दुःख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रहसमेत गरे।

देशमा भएका अस्पतालको क्षमता बढाउँदै लग्नुपर्ने उल्लेख गर्दै उनले भने, 'दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रिसकेको छ । रोकथामका लागि तत्काल सरकारले प्रभावकारी कदम चालोस् ।' राजधानीका ठूला अस्पतालमा भएका अक्सिजन प्लान्ट सञ्चालन हुनुपर्ने बताउँदै नेता सिंहले तत्कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्नसमेत सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077