Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

    चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १० बैशाख २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–२ निवासी ३९ वर्षिया महिलाको उपचारका क्रममा आज विहान ५ः३७ बजे निधन भएको हो ।

    ८ गते ज्वरो तथा श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएकी महिलाको ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज मृत्यु भएको सीएसीले जनाएको छ । ति महिला मधुमेह तथा थाइराइडको विरामी रहेको पनि अस्पतालले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार