Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नक्कली सुनसहित २ जना पक्राउ

    नक्कली सुनसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    कपिलवस्तु। जिल्लाको कपिलवस्तु नगरपालिका १ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातु, १ थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा शुद्धोधन गाउँपालिका-५ बस्ने २० वर्षीय हरिचन्द यादव र सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद कुमार तिवारी रहेका छन् । उक्त स्थानमा नक्कली सुन बिक्री गर्नको लागि हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उक्त धातु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार