Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • यी हुन बैदेशिक रोजगारबाट फर्केका श्रीमानलाई विष खुवाएर हत्या गर्ने युवती, परिन प्रहरी फन्दामा

    यी हुन बैदेशिक रोजगारबाट फर्केका श्रीमानलाई विष खुवाएर हत्या गर्ने युवती, परिन प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, १० बैशाख २०७८
  • 3.2K
    SHARES

    काठमाडौं। आफ्नै श्रीमानलाई विषादीयुक्त खाना खुवाई हत्या गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन्।

    ३२ वर्षीय विष्णु थापा मगरको विषादीयुक्त खाना खुवाई हत्या गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-४ डेरा गरी बस्ने धादिङ साविक मुलपानी गाविस-२ घर भएकी २९ वर्षीय पार्वती थापा मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।



    बैदेशिक रोजगारबाट फर्केका बिष्णुले आफ्नै श्रीमती पार्वतीले पकाएको खाना खाँदा उकुस मुकुस भई अफ्ठ्यारो भएपश्चात तत्काल उपचारको लागि मध्यपुर अस्पताल भक्तपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।



    घटनाको थप अनुसन्धान गर्ने क्रममा मृतक बिष्णुको भिषेरा, घटनास्थलबाट उठाईएको खाना परीक्षण गर्दा उक्त खानामा किटनाषक बिषादी फेला परेको थियो ।
    उक्त कार्यमा उनकै श्रीमती पार्वती संलग्न रहेको  खुलेपछि महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पार्वतीलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार