Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • त्रिदेशीय टी–२० क्रिकेटको फाइनलमा पहिले ब्याटिङ गर्दै नेपाल

    त्रिदेशीय टी–२० क्रिकेटको फाइनलमा पहिले ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 4K
    SHARES

    काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेल नेपाल र नेदरल्याण्ड्सबीच शुरु हुँदै छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ भने नेदरल्याण्डले बलिङ गर्ने निर्णय गरेको छ ।

    जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिज हातपार्ने दाउमा छ ।



    नेपाल उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको हो ।



    नेपालले पहिलो र दोस्रो खेलमा क्रमश नेदरल्याण्ड्स र मलेसियालाई नौ विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा नेदरल्याण्डस्सित तीन विकेटले पराजित भएको थियो । त्यस्तै चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो ।

    यता, नेदरल्यान्ड्सले दुई खेलमा जीत निकाल्दा एक खेल बराबरी र एक खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा नेदरल्याण्डस्लाई पराजित गरेकोले आजको खेल पनि आफ्नो पक्षमा पार्ने नेपाली टोलीको दाउ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार