Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोनाका कारण स्वास्थ्यमा समस्या आएपछि पूर्वराजा दम्पती नर्भिक अस्पताल भर्ना

    कोरोनाका कारण स्वास्थ्यमा समस्या आएपछि पूर्वराजा दम्पती नर्भिक अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतबाट फर्किदा कोरोना लिएर आएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण निर्मल निवासमै आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

    पूर्वराजाका संवाद सचिव फणि पाठकले स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको जानकारी गराएका छन् ।



    वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा दम्पतीमा कोरोना पोजेटिभ देखिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार