Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ह्वात्तै बढ्यो कोरोना संक्रमित र मृतकको संख्या, यस्तो छ उमेर अनुसारको आजको तथ्यांक

    ह्वात्तै बढ्यो कोरोना संक्रमित र मृतकको संख्या, यस्तो छ उमेर अनुसारको आजको तथ्यांक

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २४८६ र एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घन्टामा १४ जनाको कोरोनाबाट मृत्यु भएको छ । ३६८ जना निको भएर डिस्चार्ज भएका छन् ।

    यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको पनि मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ०–९ वर्ष उमेर समूहका ६० जना, १०–१९ उमेर समूहका १८० जना, २०–९९ उमेर समूहका ५७३ जना, ३०–३९ उमेर समूहका सबैभन्दा बढि ५८७ जना, ४०–४९ उमेर समूहका ४४८ जना, ५०–५९ उमेर समूहका ३१० जना, ६०–६९ उमेर समूहका १३६ जना, ७०–७९ उमेर समूहका ९१ जना, ८०–८९ उमेर समूहका २१ जना, ९०–१०० उमेर समूहका सबैभन्दा कम २ जना र उमेर नखुलेका ७८ जना संक्रमित भएका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार