Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल पक्षका नेताहरुको मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा

    नेपाल पक्षका नेताहरुको मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट निलम्वनमा परेका चारजना नेताले आफूहरुसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा दर्ता गराएको रिटमाथि आज सुनुवाई हुँदैछ । नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको तर्फबाट संयुक्त रुपमा पेश गरिएको १४ बुँदे मागसहितको रीटमाथि न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा सुनुवाई हुने भएको हो ।

    गत बिहीबार काठमाडौँको नक्सालस्थिति मेरियट होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच वार्ता चल्दाँचल्दै नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सर्वोच्चमा रिट दर्ता गराएको थियो। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता ओलीले कारबाही गर्न सक्ने भन्दै उनीहरुले सोविरुद्ध सर्वोच्च अदालतमा बुधबार पेस गरेको रिट निवेदन बिहीबार दर्ता भएको थियो ।



    रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी आफूहरुको राजनीतिक जीवन नै समाप्त पार्ने दूराशयपूर्ण मनोभावना राखी संसद सदस्यबाट निस्कासन गर्न खोजेको उल्लेख गरिएको छ।बिहीबार दर्ता भएको रिटको पेसी आज तोकिएसँगै न्यायाधीश ढुंगानाको इजलासमा सुनुवाई हुने भएको छ।



    रिटमा अध्यक्ष ओली, निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाइएको छ।

    रिट निवेदन यस्तो छ :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार