Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

    प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।  प्रधानमन्त्री ओलीले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत्  नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन्।

    शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो ।



    प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, नेपाल,मलेसिया र नेदरल्याण्डबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाईनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार