Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • लकडाउनको निर्णय स्थानीय तवरबाटै हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

    लकडाउनको निर्णय स्थानीय तवरबाटै हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बोलाएका थिए।

    प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको भन्दै स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन, क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन निर्देशन दिएको पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।



    देशभर एकसाथ लकडाउन गर्ने सोच सरकारको नभएको भन्दै उनले भने, ‘देशव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौँ, केही ‘हटस्पट’ मा भने स्थानीय तवरबाटै लकडाउनको निर्णय हुन सक्छ।’



    त्यस्तै, आजको बैठकमा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २७ सांसदलाई कारवाही गर्ने तयारी भएको भएपनि तत्काललाई भने कारवाही नहुने भएको छ। बैठकपश्चात् पत्रकारहरुसंग कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले भने, आजको बैठकले नेपाल पक्षका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगरी ‘उपयुक्त समयमा गर्ने’ निर्णय भएको छ।

    नेपाल पक्षको थप कारवाहीको लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको र उनीहरुको गतिविधिको आधारमा निर्णय लिइने प्रवक्ता ज्ञवालीले प्रष्ट पारे।

    यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समितिको गठन समेत गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार