Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • होस्टलमा छात्रा मृत्यु प्रकरण : शालिक स्थापना र अक्षय कोषमा जुट्यो सहमति !

    होस्टलमा छात्रा मृत्यु प्रकरण : शालिक स्थापना र अक्षय कोषमा जुट्यो सहमति !

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 3.1K
    SHARES

    फाइल फोटो

    कपिलवस्तु। जिल्लाको तिलोत्तमा नगरपालिकास्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलकी छात्राको मृत्यु प्रकरणमा सहमति जुटेको छ।  गुल्मी जिल्लाको झुर्मा घर भएकी प्रतिमा सापकोटाको अचानक भएको मृत्युमा सहमति जुटेको हो।

    शनिबार बिहान मृत्यु भएकी सापकोटाको अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच सहमति दुई बुँदै सहमति जुटेको हो। जसमा स्वर्गीय छात्रा सापकोटाको नाममा उनको जन्मस्थल झुर्मास्थित एक आधारभूत विद्यालयमा ९ लाख ९९ हजार ९ सय १९ रुपैयाँको अक्षयकोष स्थापना गर्ने र विद्यालय प्रांगणभित्र उनको शालिक स्थापना गर्ने सहमति भएको छ।



    मृतक सापकोटाका आफन्त भास्कर भण्डारीका अनुसार अहिले मृतक छात्राका अभिभावकहरु जापानमा बस्दै आएकोले उनीहरु स्वदेश आएपछि मात्र शव व्यवस्थापन गर्ने सहमति भएअनुसार शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।



    यसअघि होस्टलले शनिबार बिहान छात्रा सापकोटा बिरामी भएको भन्दै आफन्तलाई खबर गरेपछि सापकोटाका आफन्तले उनलाई नजिकैको क्रिमसन अस्पताल लगेका थिए भने अस्पताल पुर्‍याउनासाथ सापकोटालाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई कोरोनाको आशंका गरिएको छ भने उनको स्वाब संकलन गरेर रिपोर्ट आउने तयारीमा रहेको अस्पतालको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार