Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना संक्रमण रोक्न २ नम्बर प्रदेश प्रहरीद्वारा होल्डदेखि कारबाहीसम्म

    कोरोना संक्रमण रोक्न २ नम्बर प्रदेश प्रहरीद्वारा होल्डदेखि कारबाहीसम्म

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 2.2K
    SHARES

    जनकपुर । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा २ नम्बर प्रदेश प्रहरी आक्रमक रुपमा अगाडि बढेको छ । पछिल्लो समय २ नम्बर प्रदेशमा कोरोनाको प्रकोप ह्वात्तै बढेपछि विशेष अभियानसहित प्रदेश प्रहरी कोरोना नियन्त्रणमा लागेको हो ।

    प्रदेश प्रहरीले बैशाख १ गते देखि नै विशेषतः सार्वजनिक स्थान/सवारीसाधनहरुमा माक्स प्रयोग नगरि हिड्ने व्यक्तिहरुलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही समेत गरेको छ ।



    १ गतेदेखि ४ गतेसम्म ४७० पटक जिंगल समेत बजाई प्रचार÷प्रसार गरेको प्रदेश प्रहरीले ४ गतेदेखि ११ गतेसम्म भने माक्स नलगाउनेहरुलाई ३ घण्टा होल्ड समेत गरेको थियो । जुन अभियानअन्तर्गत ४४ हजार ४५१ जनालाई सम्झाई बुझाई छोडिएको तथा १६ हजार ९६९ जनालाई होल्ड गरी माक्स वितरण गरेर छाडिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी धिरजप्रताप सिंहले बताए ।



    यति गर्दा पनि अटेर हुनेहरुलाई प्रदेश प्रहरीले जरिवानासमेत गराएको थियो । डिआईजी सिंहका अनुसार प्रदेश प्रहरीले हालसम्म २ हजार

    ५२४ जनालाई संक्रमण रोग निवारण ऐन २०२० बमोजिम सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरी प्रति व्यक्ति १०० रुपैयाँका दरले जरिवाना गराई ३ लाख ५२ हजार ४०० रुपैयाँ राजश्व संकलन गराएको छ ।

    नेपाल सरकारको निर्देशन अनुसार कोरोनाबाट थप क्षति व्यहोर्नु नपरोस, समयमै सबै पक्षहरु सजग÷सतर्क रहि सुरक्षित व्यवस्थापन गर्न सकियोस भन्ने मुलभुत अभिप्रायले दोस्रो चरणको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश प्रहरीले कारबाहिसम्मको अभियान चलाएको डिआईजी सिंहले बताए ।

    त्यसैगरी प्रदेश प्रहरीले नेपाल सरकारले जारी गरेको मापदण्ड पालना गर्न समेत अपिल गरेको छ । तथापी नेपाल सरकारद्वारा तोकिएको मापदण्डलाई विभिन्न बहानामा अटेर गरी नियमको पालना नगरेमा कडाईका साथ संक्रमण रोक निवारण ऐन २०२० अनुसार अनिवार्य कारबाही हुने पनि प्रदेश प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार