Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौँमा मास्क नलगाई हिड्ने १३२५ जना प्रहरीको कारवाहीमा

    काठमाडौँमा मास्क नलगाई हिड्ने १३२५ जना प्रहरीको कारवाहीमा

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 3K
    SHARES

    काठमाडौँ। विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा महानगरीय प्रहरी परिसर काठमाडौ आक्रमक रुपमा अगाडि बढेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाकामा कोरोनाको प्रकोप ह्वात्तै बढेपछि विशेष अभियानसहित महानगरीय प्रहरी कोरोना नियन्त्रणमा लागेको हो ।

    प्रहरीले बैशाख १ गते देखि नै विशेषतः सार्वजनिक स्थान/सवारीसाधनहरुमा माक्स प्रयोग नगरि हिड्ने व्यक्तिहरुलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही समेत गरेको छ ।



    यसैबीच, आज  विहान मास्क नलगाई हिडनेहरु (महिला ३२२ पुरुष १००३) जम्मा १३२५ जनालाई केहि समय  होल्ड गरेर सम्झाई वुझाई गरी सम्बन्धित ठाउँमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार वस्नेतले  जानकारी दिए। प्रहरीले बैशाख १ गते देखि नै विशेषतः सार्वजनिक स्थान/सवारीसाधनहरुमा माक्स प्रयोग नगरि हिड्ने व्यक्तिहरुलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही समेत गरेको छ ।



    नेपाल सरकारको निर्देशन अनुसार कोरोनाबाट थप क्षति व्यहोर्नु नपरोस, समयमै सबै पक्षहरु सजग÷सतर्क रहि सुरक्षित व्यवस्थापन गर्न सकियोस भन्ने मुलभुत अभिप्रायले दोस्रो चरणको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश प्रहरीले कारबाहिसम्मको अभियान चलाएको परिसरका एसपी बस्नेतले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार