Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आईपीएलमा कोलकाता पाँच विकेटले विजयी

    आईपीएलमा कोलकाता पाँच विकेटले विजयी

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 2.9K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई पाँच विकेटले हराएको छ ।

    अहमदाबादमा पञ्जाबले दिएको एक सय २४ रनको सामान्य लक्ष्य कोलकाताले १६ ओभर चार बलमा मात्रै पाँच विकेट गुमाएर भेट्टायो। कोलकाताको लागि कप्तान इयोन मोर्गनले नटआउट ४७ र राहुल त्रिपाठीले ४१ रन बनाए।



    यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन मात्रै बनायो ।



    उसका लागि मयाङ्क अग्रवालले सर्वाधिक ३१ रन बनाए । कोलकाता चार अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने समान अङ्क रहको पञ्जाब छैठौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार