Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सशस्त्र प्रहरीको राशन भत्तामा चरम अनियमितता, तालिम केन्द्रहरुमा बेथिति

    सशस्त्र प्रहरीको राशन भत्तामा चरम अनियमितता, तालिम केन्द्रहरुमा बेथिति

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 5.7K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीको तालिम केन्द्रहरुमा राशन भत्ताको अनियमितताले सीमा नाघेको छ । विदामा बसेको बेलाको समेत सशस्त्र प्रहरीहरुले रासनको पैसा तिर्नुपर्ने अवस्था छ ।

    तालिमका प्रशिक्षार्थीहरूलाइ बिदा छोडेर राशनको पैसा लिने प्रवृत्ति सशस्त्र प्रहरीका सबै जसो तालिम केन्द्रमा छ । तालिमको बीचमा बाहिरी अभ्यास सकेर प्रशिक्षार्थाीलाई एक देखि डेढ हप्तासम्म बिदा छोडिन्छ । तर, प्रशिक्षार्थीले भने त्यसरी बिदामा बसेको दिनको समेत राशनको पुरै पैसा तिर्नुपर्ने हुन्छ । तालिममा पछाडि पारिदिने तथा नियतवश दुःख पाइने डरले यस्तो अनियमिततामा कोही पनि बोल्न नसक्ने अवस्था छ ।



    यो समस्या मातातिर्थको सशस्त्र प्रहरीको एकेडेमीदेखि सबै तालिम केन्द्रमा छ । पोखराको लामापाटनस्थित तालिम केन्द्र, नवलपरासीको बर्दघाट, बाँकेको नौबस्तालगायत सबै तालिम केन्द्रका हाकिमहरु तल्लो तहका प्रहरीको राशनभत्ता खाने गरेका छन् । अझ ककनीस्थित युनएन तालिम केन्द्रका प्रमुख एसएसी भेष बहादुर शाहले त केही दिन अघि आफ्नो २५औं बैबाहिक बर्षगांठ तालिमकेन्द्र भित्रै मनाए । राशनकै पैसाले तालिम केन्द्रमा उनले पार्टी गरेको स्रोत बताउँछ ।



    उता, राशनमा ब्यापक अनियमितता गरेका मनाङस्थित गुल्मका डिएसपी होमनाथ पन्थीले उन्मुक्ति पाएका छन् । छानबिनका लागि मुख्यालय तानिए पनि उनी पुनः गुल्म फर्किएका छन । अनियमिततामा संलग्नहरुलाई मुख्यालयबाट निगरानी र कारवाही नहुँदा तालिम केन्द्रहरुमा बेथिति बढेको हो ।

    त्यस्तै सशस्त्रको रक्तकाली गण सुर्खेतका गणपति एसपी दिग्बिजय सुवेदी विरुद्ध पनि उजुरी परेको छ । सुर्खेतका एसपी सुवेदीमाथि बाहिनीमा समेत उजुरी परे पनि डिआइजी अभि खत्रीले उल्टो संरक्षण गरेका छन् । एसपी सुवेदी यसअघि बारामा हुँदा कारबाहीमा परेका थिए । दृष्‍टि साप्ताहिकमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार