Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अण्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण , एम्स अस्पताल भर्ना

काठमाडौं। तिहाड जेलमा रहेका अण्डरवर्ल्ड डन राजेन्द्र निकल्जे उर्फ छोटा राजन कोरोना संक्रमित भएका छन् । उनलाई प्रहरी संरक्षणमा अखिल भारतीय मेडिकल साइन्स (एम्स) दिल्लीमा भर्ना गरिएको छ।  उनको हालत स्थिर रहेको वताइएको छ ।

छोटा राजनलाई २०१५ मा इण्डोनेसियाको बालीबाट प्रत्यार्पण गरेदेखि नै तिहाड जेलमा छन् । मुम्बइमा उनीविरुद्ध चलिरहेका सबै मुद्दा सीबीआइले हेरेको छ भने मुद्दाको सुनुवाइ विशेष अदालतमा चलिरहेको छ । सोमबार तिहाड जेलका सहायक जेलरले सत्र अदालतमा अहिले छोटा राजन कोरोना संक्रमित भएकोले उनलाई भिडियो कन्फ्रेन्समार्फत अदालतमा पेश गर्न नसकिने जानकारी गराएका थिए ।

भारतीय मिडियाका अनुसार छोटा राजनमाथि अपहरण र हत्यासँग सम्बन्धित करिब ७० मुद्दा चलिरहेका छन् । उनलाई पत्रकार ज्योतिर्मय डीको हत्याको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइसकिएको छ । पछिल्लो हप्ता मुम्बइको विशेष अदालतले हनीफ कडावालाको हत्या अभियोगमा छोटा राजन र उनका एक सहयोगीलाई बरी गरेको थियो । उनी १९९३ मा भएको मुम्बइ सिरियल बम विष्फोटका आरोपी थिए ।

कुनै समय अण्डरवर्ल्डका अर्का डन दाउद इब्राहिम निकट मानिने छोटा राजन पछिल्लो समय दाउदलाई नै टक्कर दिएर धन्दा शुरु गरेका थिए। भारतीय प्रहरीले उनलाई दाउदबिरुद्दको सुचना संकलनमा प्रयोग गरेको वताइएको छ। उनीहरुबीच एकले अर्कोलाई सिध्याउने खेल चल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077