Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • माओवादीले बोलायो स्थायी समिति बैठक, एजेण्डा के ?

    माओवादीले बोलायो स्थायी समिति बैठक, एजेण्डा के ?

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बोलाइएको स्थायी कमिटीका एक सदस्यले जानकारी दिए।

    सदस्यका अनुसार बैठकको एजेन्डाबारे केही उल्लेख नगरिएको भएपनि बैठकमा समसामयिक राजनीति, संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको आगामी योजनाबारे छलफल हुने बताईएको छ।



    यद्यपी बैठकमा मुख्यगरी सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने उनको भनाइ छ।



    पछिल्लो समय माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयास गरिरहेको छ । यद्यपी नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन । यसअघि बसेको बैठकले समर्थन फिर्ताको जिम्मा लिन अध्यक्ष प्रचण्डलाई दिएको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार