Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • माओवादी केन्द्रद्धारा सरकारसँग नाकामा कडाईदेखि राहतसम्मको माग

    माओवादी केन्द्रद्धारा सरकारसँग नाकामा कडाईदेखि राहतसम्मको माग

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कोभिड–१९ को दोस्रो लहर विरुद्धको अभियानका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकले सरकारसँग राजनीतिक संयन्त्र बनाउन माग गरेको हो ।

    छिमेकी देश भारतमा कोभिड–१९ महामारी भयावह बनेको र नेपाल–भारत खुला सीमा रहेको अवस्थामा सीमामा कडाईपूर्वक नियन्त्रण गर्न माओवादीले सरकारसँग माग गरेको छ । नेपाल आउने नागरिकहरु अनिवार्य परीक्षणसहित अन्य स्वास्थ्य मापदण्ड पालना अनिवार्य गर्ने गरी कडाईपूर्वक लागू गर्न पनि माग गरेको छ ।



    बैठकले निजी अस्पतालहरुसमेतसँगको सल्लाह सुझाव लिएर उनीहरुको पन सहयोग लिएर डेडिकेटेड कोभिड हस्पिटल तत्काल सञ्चालन गर्न सरकारसँग बैठकले माग गरेको छ । साथै अक्सिजन, भेन्टिलेटर, आइसोलेसन सेन्टरको व्यवस्था गर्न, आवश्यक औषधि, अन्य स्वास्थ्य सामग्री, चिकित्सक, सुरक्षाकर्मीहरुको सुरक्षामा ध्यान दिँदै उनीहरुलाई काम गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेको श्रेष्ठले बताए ।



    त्यसैगरी बैठकले कोभिड–१९ का कारण किसान, मजदुर, श्रमजीवी वर्गहरुलाई छाक टार्न नै समस्या देखिएको हुँदा उनीहरुलाई तत्काल राहत प्याकेज दिन पनि माग गरेको छ ।

    कोरोनाको दोस्रो लहरले जनताको जनजीवन, जनताको रक्षा, जनस्वाथ्य, राष्ट्रिय अर्थतन्त्रलगायत सबैतिर नकारात्मक असर पर्दै गइरहेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    उनले भने–‘कोभिड १९ को महामारीका विषयमा गम्भीर छलफल भयो । पहिलो कुरा विश्व नै कोभिड महामारीको अर्को लहरबाट गाँजिएको छ । नेपालमा पनि दोस्रो लहर तीव्र रुपमा अगाडि बढिरहेको छ । त्यसले जनताको जनजीवन, जनताको रक्षाको प्रश्न, जनस्वाथ्यको प्रश्न, राष्ट्रिय अर्थतन्त्रलगायत सबैतिर नकारात्मक असर पर्दै गइरहेको छ । त्यसैले कोभिड १९ बहुआयामिक प्रभावलाई सम्बोधान गर्न र मूख्यतः यसको रोकथाम र नियन्त्रणका लागि देशका सबै सरकार, राजनीतिक पार्टी, नागरिक समाज, चिकित्साकर्मी, जनस्वास्थ्य विद्, सामाजिक संघ संगठन, स्वाथ्यकर्मीहरु हातेमालो गर्दै अगाडि बढ्न माग गरेको छ । साथसाथै यसका निम्ति सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन पनि सरकारसँग माग गरेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार