Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भेरी अस्पतालमा थप २ सङ्क्रमितको मृत्यु, मृतकको संख्या ९९ पुग्यो

    भेरी अस्पतालमा थप २ सङ्क्रमितको मृत्यु, मृतकको संख्या ९९ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, १५ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    बाँके। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुष र सोही ठेगाना-१७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीएमसीसी) बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । वलीका अनुसार, गत वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अवस्था सामान्य रहेका कारण होम आइसोलेशन बस्दै आएका ६५ वर्षीय पुरुष कोरोनाले च्यापेपछि वैशाख छ गते अस्पताल भर्ना भई उपचार गर्दै गर्दा आज  मृत्यु भएको हो ।



    यसैगरी, वैशाख ८ गते कोरोना पुष्टि भएकी नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा गए राति १०ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको
    छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको (डीएमसीसी) बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार