Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आईपीएल : हैदरबाद अंक तालिकाको पुछारमा

    आईपीएल : हैदरबाद अंक तालिकाको पुछारमा

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 3.4K
    SHARES

    एजेन्सी । चेन्नई सुपर किङ्स इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । भने सनराइजर्स हैदरावादले छ खेल खेल्दा पाँचमा हार बेहोर्दै अंकतालिकाको पुछारमा रहेको छ।

    बुधबार राति दिल्लीको मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।



    हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।



    चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले । गायकवाडले ७५ रनको इनिङ्स खेल्दा प्लेसिसले ५६ रन बनाए ।

    हैदरावादका राशिद खानले ३ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

    हैदरावादका लागि मनिस पाण्डेले ६१ रन र कप्तान डेभिड वार्नरले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

    चेन्नईका लुंगी एनजिडीले २ तथा साम कुरनले १ विकेट लिए ।

    जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोडेको छ । चेन्नईको यो पाँचौ जित हो ।

    हैदरावादको यो पाँचौ हार हो । पुछारको हैदरावादले ६ खेलमा २ अंक जोडेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार