Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै, बुटवलमा थप तीन जनाको मृत्यु

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै, बुटवलमा थप तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 1.7K
    SHARES

    बुटवल । पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ। कोरोना भाइरसको नयाँ भेरियन्टसँगै दोस्रो लहर सुरुभएपछि जिल्लाका कोरोना विशेष अस्पतालमा मृत्य हुनेको संख्या ह्वात्तै बढेको हो।

    यसैबीच, रुपन्देही जिल्लाको एक कोरोना विशेष अस्पतालमा आज थप तीन जना संक्रमितको मृत्यु भएको छ । मृत्य हुनेमा २ पुरुष र एक महिला रहेको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए।



    प्रवक्ता गौतमका अनुसार बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको कोरोना पुष्टि भएपछि वैशाख ११ गते अस्पताल भर्ना भएका थिए । विहान उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख ९ गते भर्ना भएका बुटवल–१४ का ६६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।



    यस्तै, रुपन्देहीको जिल्लाको मायादेवी गाउँपालिका–६ की ७२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । तीन जना बिरामी कोभिड आईसीयूमा उपचाररत रहेको र श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा। गौतमले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार