Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गण्डकीमा ट्राफिक प्रहरीद्वारा ‘तपाईको मास्क खोई’ अभियान सुरु

    गण्डकीमा ट्राफिक प्रहरीद्वारा ‘तपाईको मास्क खोई’ अभियान सुरु

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 4K
    SHARES

    कास्की। गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाले कोरोना भाईरसको दोश्रो लहर सुरु भएसंगै यसको संक्रमणबाट बच्न र फैलावटलाई नियन्त्रण गर्नका लागि जिल्लाका ११ वटै ट्राफिक प्रहरी कार्यालयहरुबाट अभियान सुरु गरेको जनाएको छ।

    अभियान अन्तर्गत “संक्रमणबाट आंफू बचौं र अरुलाई पनि बचाऔं”, “तपाईको मास्क खोई”लगायतका कार्यक्रम गर्दै सडकमा पैदलयात्री र सवारी चालकहरुसंग आग्रह गरेको गगनगौंडाका प्रहरी निरीक्षक मनोजकुमार शाहीले जानकारी दिए।



    निरीक्षक शाहीका अनुसार सार्वजानिक यातायातमा सवार यात्रुहरुले मास्क लगाएको र नलगाएको चेकजाँच गर्ने, मास्क नगाउने यात्रुहरुलाई अनिवार्यरुपमा मास्क लगाउन सुझाव दिने, स्थानीय तहहरुसंग समन्वय गरी सर्वसाधरणलाई मास्क वितरण गर्ने, सम्झाई बुझाई गर्दा समेत अटेर गरी मास्क नलगाउने र मापदण्ड पालना नगर्नेहरुलाई नियमानुसार कारवाही गरिने छ।



    यस्तै, प्रहरीले हालसम्म १०१७२ जनालाइ चेकजाँच, २०३५३ जनालाइ सम्झाई बुझाई, ८६२९ जनालाई मास्क वितरण गरिएको र ३१ जना मास्क नलगाउनेलाई कारवाही समेत गरिएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार