Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • लकडाउनको पहिलो दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर)

    लकडाउनको पहिलो दिन यस्तो देखियो काठमाडौं (फोटो फिचर)

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 3.7K
    SHARES

    काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरसँगै देशभर सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सरकारले अधिकांश स्थानमा निषेधाज्ञा जारी गरेको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पनि आज विहान ६ बजेदेखि २ साताका लागि निशेधाज्ञा गरिएको छ ।

    बिगतका महिनाहरुमा सुस्त देखिएको कोरोना संक्रमण दर पछिल्लो समयमा उच्च देखिएपति उपत्यकाका जिल्ला प्रशासन कार्यालयले एक साता लकडाउन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै मन्त्रीपरिषद्ले २ साताका लागि लम्ब्याएको थियो ।





    आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

    छिमेकी मुलुक भारतमा नयाँ भेरियन्टको कोरोनाले सुनामीको रुप लिएपछि त्यसको प्रतक्ष्य असर नेपाललाई पनि परेको हो। भारतसँग खुल्ला सीमाना र नाकामा हुने लापरवाहीले गर्दा पछिल्ला दिनहरुमा संक्रमितहरु बढ्नुको साथै मृतकको संख्या पनि व्यापक बढेको छ।

    सरकारले कोरोना संक्रमणको जोखिम बढेसँगै रोकथाम तथा नियन्त्रणका निम्ति भन्दै देशका प्रमुख शहरहरु जहाँ सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ त्यहाँ निषेधाज्ञा लागू गरेको छ।

    ठाउँ–ठाउँमा भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले सवारी जाँच गरेर मात्र पठाइरहेका थिए । यद्यपी यो पटकको लकडाउनमा भने अघिल्लो पटकको भन्दा बढि सावारी साधन गुडेका थिए । विमानस्थल सुचारु हुँदा विमानस्थल वरपर अझ बढि सवारी चाप देखिन्थ्यो भने विमानस्थलको पार्किङ सवारी साधनले भरिएको थियो । लकडाउनको पहिलो दिन विदेश जाने नेपालीहरुको भने त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा लर्को नै लागेको थियो ।

    सरकारले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनहरुलाई प्रहरीले सडकमै होल्ड गरेको छ। निषेधाज्ञाको पहिलो दिन बिहान काठमाडौं उपत्यकामा मात्रै ४ सय ११ सवारी साधनलाई प्रहरीले होल्ड गरेको छ भने भक्तपुर र ललितपुरमा ३ सय २० वटा मोटरसाइकल, स्कुटर होल्ड गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

    यस्तै, महाशाखाका अनुसार उपत्यकाका तीनवटा जिल्लामा ९१ वटा गाडी समेत होल्माम रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने महाशाखाले जनाएको छ । सरकारले लागू गरेको निषेधाज्ञा कार्यान्वनमा ल्याउन र थप कडाई गर्न काठमाडौं जिल्लाभित्र मात्रै १ सय २८ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर चेकजाँच गरिएको महाशाखाले बताएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार