Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आफै कोरोना लागेर अस्पताल भर्ना भएका मदनकृष्णले पूर्व राजालाई भने– गेट वेल सुन राजन !

    आफै कोरोना लागेर अस्पताल भर्ना भएका मदनकृष्णले पूर्व राजालाई भने– गेट वेल सुन राजन !

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । कोरोना संक्रमण भएपछि अस्पतालमा भर्ना भएका बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    सामाजिक सञ्जालमा फेसबुकबाट कलाकार श्रेष्ठले आफ्नो शरीर पनि कोरोनाका कारण गलिरहेको परिवेशमा ‘राजा ज्ञानेन्द्रलगायत राजपरिवारप्रति पनि शिघ्र स्वास्थ्यको कामना व्यक्त गर्न मनिलागिरहेको उल्लेख गरेका छन् ।



    उनले सामाजिक सञ्जालमा सबैका लागि माया पोख्न मन लागिरहेको बताउँदै भावुक अभिव्यक्ति दिएका छन् ।



    उनले लेखेका छन्, ‘आफ्नो शरिर सिंगै कोरोनाले गलेर लल्याकलुलुक, फत्ल्याक फुत्लुक भईरहेको बेला सबैलाई सम्झेर मन भाबुक भैरहेकोछ आज सबैलाई एकपल्ट माया पोख्न मन लागिरहेकोछ। राजा ज्ञानेन्द्र लगायत राजपरिबार प्रति पनि सिघ्र स्वास्थ्यको कामना ब्यक्त गर्न मनलागिरहेछ।

    Get well soon राजन
    Respect you.
    Love you.
    Madan Krishna Shrestha’

    १९ अप्रिलमा नै कोरोना संक्रमण देखिएको जानकारी गराउँदै उनले कोरोनालाई खेलाँची नगर्न आग्रह गरेका थिए । कोरोनाबाट जोगिन सतर्क रहन आग्रह गर्दै उनले फेसबुकमा लेखेका थिए–‘म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई Corona positive देखिएको छ ! भई सके पछि सास्ती चाही हुने रहेछ तेसैले यो Corona लाई खेलाँची नगर्नु होला !जति सकिन्छ Corona बाट सतर्क रहनु होला !
    Birthday wish गर्नु हुने सबै लाई धेरै धेरै धन्यबाद १

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार