Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • यस्तो छ ईश्वर पोखरेलको ९ बुँदे योजना, जेठ अन्तिममा उपचुनावको प्रस्ताव

    यस्तो छ ईश्वर पोखरेलको ९ बुँदे योजना, जेठ अन्तिममा उपचुनावको प्रस्ताव

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक यही बैशाख ६, १० र १२ गते तीनचोटि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको थियो । उक्त बैठकले स्थायी कमिटीको पुनर्गठन गरेर माधव पक्षका नेताहरुलाई हटाई एकलौटीरुपमा १९ जनाको स्थायी कमिटी घोषणा गरेको थियो ।

    बालुवाटारमा बसेको बैठकमा माधव पक्षका नेताहरुको उपस्थितिविना उपप्रधानमन्त्री एवं महासचिव ईश्वर पोखरेलद्वारा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरिएको थियो ।



    यस्तो छ, महासचिव पोखरेलका संगठनात्मक योजनाहरु 



    क, प्रदेश, जिल्ला र सो मातहतमा पालिकाको वडा तहसम्म संगठन कमिटी बनाउने । कमिटीको पदाधिकारीमा अध्यक्ष र सचिव रहने । कमिटी र सचिवालयको सदस्य संख्या नेकपाको कार्यकालमा भएसरह हुने ।

    ख, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ पुस ७ गते विस्तारित केन्द्रीय कमिटीका सदस्यहरु राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुने । यसका साथै केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका अध्यक्षहरू, विभागका सचिवहरु, जनसंगठनका अध्यक्षहरू, प्रवास क्षेत्रबाट मनोनित कमरेडहरु राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य हुने ।

     ग, प्रदेश संगठन कमिटीको योजना अनुरुप २०७८ जेठ मसान्तभित्र जिल्ला र सो मातहतका सबै तहमा पार्टी कमिटीहरूको पुनर्गठन गरी संगठन कमिटीमा रुपान्तरण गर्ने । जन संगठनहरुको केन्द्रदेखि स्थानीय तहसम्मको र प्रवास क्षेत्रको समग्र संगठनात्मक काम पनि यही अवधिमा सम्पन्न गर्ने ।

     घ, २०७८ असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने । पार्टी सदस्यता नवीकरणका लागि निवेदनको नमुना, पार्टी सदस्यता पत्रको विवरण फारम र सस्यता पत्रको नमुना पार्टी केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकालका पार्टी सदस्यहरु र पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको समयमा कायम रहेका पार्टी सदस्यहरुलाई नवीकरणको अवसर दिने । पार्टीमा एकतावद्ध हुने सदस्यहरुको सदस्यता पनि यही अवधिमा नवीकरण गर्ने । सदस्यता नवीकरण शुल्क र लेबी पार्टीको नियमावली र अपानि ९ मा उल्लेख भए बमोजिम हुने ।

     ङ, पार्टीभित्रको अन्तरविरोध कटुतापूर्ण बन्दै जाने क्रममा गठन गरिएका संगठनात्मक संरचना र तिनको नेतृत्वलाई आमरुपमा यथावत राख्ने । ती कमिटीमा अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने ।

     च, निर्वाचन आयोगको सूचना बमोजिम मतदाता नामावलीमा योग्यता पुगेका मतदाताहरूको नामावली समावेश गर्न सबै तहका पार्टी कमिटी तथा कार्यकर्ता कमरेडहरु योजना एवं सक्रियताका साथ परिचालित हुने । उपनिर्वाचन यही जेठ महिनाको अन्तिम सातामा आयोजना गर्न सरकारलाई सुझाव दिने । नियम कानून बमोजिम आयोजना हुने राष्ट्रिय सभाको निर्वाचनको तयारीमा क्रियाशील रहने ।

     छ, सबै तहमा उपरोक्त बमोजिम पार्टी तथा जनसंगठनहरुको संगठनात्मक संरचना निर्माण गर्न र पार्टी सदस्यता नवीकरण गर्न जिल्ला कमिटीले प्रत्येक पालिकामा ७ जनाको दरले विशेष कार्यदल गठन गरी खटाउने र प्रदेश कमिटीका तर्फबाट प्रत्येक पालिकामा २ जनाको दरले सहजकर्ता खटाउने ।

    यस्तो छ सर्कुलर

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार