Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौंमा पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, चालकसँग सिधै सम्पर्क गर्न सकिने (नम्बरसहित)

    काठमाडौंमा पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, चालकसँग सिधै सम्पर्क गर्न सकिने (नम्बरसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 4.4K
    SHARES

    फाइल: तस्विर

    काठमाडौँ। महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पुर्याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले महानगरले पाँच स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो । नागरिकले यी सेवा पूर्णरूपमा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

    राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा नं ३ कार्यालय परिसर महाराजगञ्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालय परिसर मित्रपार्कमा दुईरदुईवटा एम्बुलेन्स चौबिसै घण्टा तैनाथ गरिएको छ ।



    यी एम्बुलेन्सहरु कोभिडको सङ्क्रमण नभएका बिरामीका लागि हुन् । कोभिड सङ्क्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् ।



    कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशका समयमा बिरामीलाई अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर महानगरले यसप्रकारको सुविधा उपलब्ध गराएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।

    यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुविधा दिइन्छ । सेवा महानगरको भौगोलिक सिमानाको दुई किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो ।

    उक्त सेवा लिनका लागि सेवाग्राहीले कामपाको हटलाइन नं ११८० मा सम्पर्क गर्ने अर्थात् एम्बुलेन्स चालकसँग सिधै सम्पर्क पनि गर्न सक्ने व्यवस्था छ ।

    एम्बुलेन्स र चालकको नं निम्नानुसार रहेको छ ।

    चावहिल, वडा ७ परिसर
    बा ३ च २७६६ र बा १० च ७८५६
    चालक, अजय लामा ९८४१–०५४७६८ र उद्धव भण्डारी, ९८४१–१४०६२२

    स्वयम्भू, वडा १५ परिसर
    ना २ च ७७५४ र बा १० च ४३७३
    चालक, शङ्कर दाहाल, ९८०८२–७९८१९ र डम्बर गुभाजू, ९८८१–३८७२१७

    महाराजगञ्ज, वडा ३ परिसर
    बा १२ च २३६० र बा ६ च २८२
    चालक, श्याम श्रेष्ठ, ९८१३–२४६०८६ र कृष्ण गुरुङ, ९८०८२–९२५५०

    ट्रली बस मीनभवन
    बा १८ च ५६५७ र ना २ च ४१२०
    चालक, सोमबहादुर तामाङ, ९८४०–९१६२६२ र सविन थापा, ९८४०–२४१४४९

    सभा गृह, प्रदर्शनी मार्ग
    बा ६ च ९१०० र बा ५ च ५७५९
    चालक, गोवद्र्धन सापकोटा, ९८५१०–८२४२५ र तुल सिंह तामाङ, ९८१८–४३९५९५ -रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार