Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न कम्तिमा १ महिना लकडाउन हुन सक्ने !

    कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न कम्तिमा १ महिना लकडाउन हुन सक्ने !

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ। नेपालका विभिन्न जिल्लामा अहिले सङ्क्रमणको चेन ब्रेक गर्न भन्दै एक साता त कतै पन्ध्र दिनका लागि निषेधाज्ञा लागु गरिएको छ।

    तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले त्यो पर्याप्त नहुने बताउँछन्। ‘मेरो विचारमा चेन ब्रेक गर्नका लागि त कम्तीमा तीनदेखि चार हप्ताको लकडाउन आवश्यक देखिन्छ’, उनले भने।



    एक हप्ते निषेधाज्ञा चेन ब्रेकका लागि पर्याप्त नहुने कुरामा सहमत अर्की चिकित्सक तथा अनुसन्धानकर्ता डा.किरण पाण्डे प्रतिबन्धात्मक कदमसँगै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण उत्तिकै आवश्यक हुने बताउँछिन्।



    ‘मान्छेहरू घरमै गुम्सिएर बसे अनि परीक्षण गराउन गएनन् भने निषेधाज्ञाको उपादेयता नै हुन्न,’ उनले भनिन्। तर, सरकारले निषेधाज्ञा लागू गरे पनि त्यसको पालना सर्वसाधारणले संवेदनशील भएर नगर्दा कोरोना संक्रमण ह्वात्तै बढेको कुरामा सहमति पाण्डेको बताउछिन्।

    यसैबीच, पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ  भने कोरोना भाइरस निको हुनेको संख्या संख्या ९२८ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार