Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आईपीएल : पञ्जाबद्वारा बेङ्ग्लोर पराजित

    आईपीएल : पञ्जाबद्वारा बेङ्ग्लोर पराजित

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स पञ्जाबले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ३४ रनले हराएको छ ।

    शुक्रबार राति अहमदाबादमा पञ्जाबले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर एक सय ४५ रन मात्रै बनाउन सक्यो ।



    उसका कप्तान विराट कोहलीले ३५ तथा रजत पातिडर र हर्षल पटेलले ३१र३१ रन बनाए । पञ्जाबका हरप्रीत ब्ररले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले केएल राहुलको ९१ रनको मद्दतमा एक सय ७९ रन बनाएको थियो ।



    हारसँगै बेङ्ग्लोरले १२ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । पञ्जाब भने ६ अंकसहित पाँचौं स्थानमा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार