Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अब नेपालबाट पनि हङकङ जान नपाइने

    अब नेपालबाट पनि हङकङ जान नपाइने

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । हङकङमा कोरोना त्रास कम भए पनि नेपालमा संक्रमण तीव्र भएसँगै हङकङ सरकारले हङकङ–नेपाल उडानमा प्रतिबन्ध लगाएको छ। अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै हङकङ सरकारले प्रतिबन्धको नियमलाई कडाइ गरेको हो ।

    कोरोना संक्रमणको उच्च जोखिममा रहेका भारत, पाकिस्तान, फिलिपिन्सलगायत देशबाट हङकङ आउने उडानलाई यसअघि नै प्रतिबन्ध गरिएको छ। यसअघि नेपालबाट हङकङ आउने यात्रु ४८ घण्टे पीसीआर जाँचको प्रमाणपत्र बोकेर हङकङ आउँथे। हङकङमा पुनः परीक्षणपश्चात् २१ दिन अनिवार्य क्वारेन्टाइन बस्ने प्रावधान थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार