Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोना संक्रमण रोक्न हवाई उडान बन्द हुन सक्ने , सीसीएमसीद्वारा मन्त्रिपरिषद्‌मा सिफारिस

    कोरोना संक्रमण रोक्न हवाई उडान बन्द हुन सक्ने , सीसीएमसीद्वारा मन्त्रिपरिषद्‌मा सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 3.3K
    SHARES

    काठमाडौं।  कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सङ्क्रमण तीव्र बनिरहेका मुलुकहरूबाट नेपाल आउने यात्रु रोक्न सिफारिस गरेको छ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री  हृदयेश त्रिपाठीले विदेशबाट आउने सबै उडान रोक्ने नभई जहाँ कोरोनाभाइरसको सङ्क्रमण बढी छ, ती देशका उडान रोक्नका लागि सिफारिस भएको वताए ।



    नेपालमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि सङ्क्रमण बढी भएका देशहरूबाट आउने यात्रु र सबै नियमित आन्तरिक उडान रोक्नका लागि सीसीएमसीले सिफारिस गरेको प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले बताए।



    कहिलेदेखि हवाई उडान बन्द गर्ने भन्ने विषयमा सीसीएमसीले कुनै सिफारिस गरेको छैन।

    मन्त्री त्रिपाठीका अनुसार आदेश गर्ने अधिकार मन्त्रिपरिषद्‌मा निहित रहेकाले सीसीएमसीले उडान बन्द गर्ने मितिको निर्णय नलिएको हो।

    नेपालमा कोरोनाभाइरसको सङ्क्रमण भयावह बनिरहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपील जारी गरेको थियो।

    उनले भने, ‘यो अधिकार मन्त्रिपरिषद्को भएकाले कुन दिनबाट बन्द गर्ने भन्ने कुरा सीसीएमसीले गरेन। तर उडान बन्द गर्नुपर्छ भनेर सिफारिस गरेको हौँ।’

    उनले सीसीएमसीको सिफारिसका बारेमा सर्वसाधारणले थाहा पाएकाले मन्त्रिपरिषद्ले थोरै समय दिएर बन्द गर्न सक्ने बताए।

    त्रिपाठीका अनुसार सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसको विषयमा निर्णय लिन सक्छ।

    प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले ७२ घण्टाको समय दिएर उडान बन्द हुने सम्भावना रहेको बताए।

    नियमित उडान बन्द गरेर आपत्‌कालीन उडान भने गर्न दिइने बरालले बताए।

    शुक्रवार बसेको सीसीएमसीको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकामध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्‌मा सिफारिस गरेको छ।

    कोरोनासङ्क्रमणको पहिलो लहरका बेला बन्द गरिएका तर पछि मन्त्रिपरिषद्ले खुल्ला गर्दै लगेका २२ वटा नाका पूर्ण रूपमा बन्द गर्ने सीसीएमसीको सिफारिस छ।

    काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका खुल्ला राखेर आवागमन चालु राख्ने सिफारिस सीसीएमसीले गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार