Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • आज कुन उमेर समूहका कति संक्रमित ?

    आज कुन उमेर समूहका कति संक्रमित ?

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अधिकांश उपत्यकाका रहेका छन् । १४ हजार ४०३ जनाको पीआर परीक्षण र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा क्रमश ५ हजार ७०६ जना र ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । जसमध्ये ४३ हजार २१३ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ४० हजार १०३ जना हाम आइसोलेसनमा रहेका छन् भने ३ हजार ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४०१ जनाको आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।



    यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २८७ जना निको भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने २ लाख ८२ हजार ३८२ जना पुगेको मन्त्रालयले जनाएका छन् ।



    पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ४९५ जना काठमाडौं उपत्यकाका छन् । मन्त्रालयका अनुसार काटठमाडौंमा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

    पछिल्लो समयमा थपिएकाहरुमध्ये सबैभन्दा बढि ३०–३९ वर्ष समूहका १४४१ जना रहेका छन् भने सबैभन्दा कम ९०–१०० वर्ष समूहका ८ जना रहेका छन् । त्यसैगरी ९ वर्षसम्मका संक्रमित बालबालिकाको संख्या १०३ रहेको मन्त्रालयले जनाएको छ ।

    कुन उमेर समूहका कति संक्रमित ?

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार