Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • निषेधाज्ञा थप कडा बनाइँदै : आन्तरिक तथा बाह्य उडान बन्द हुन सक्ने !

    निषेधाज्ञा थप कडा बनाइँदै : आन्तरिक तथा बाह्य उडान बन्द हुन सक्ने !

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 12.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा  मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    बैठकका एजेण्डा भने खुलाइएको छैन तर नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने बुझिएको छ ।



    कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने स्रोतको भनाइ छ । सीसीएमसीले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।



    सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण डढेलो सरी फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडानसमेत बन्द गर्न सिफारिस गरेको छ भने निषेधाज्ञालाई थप कडा गर्ने निर्णय पनि गरेको छ ।

    सीसीएमसीको बैठकले कोरोना अतिप्रभावित मुलुकहरु भारत, बेलायतसहित१० मुलुकबाट नेपालमा हुने उडानलाई रोक लगाउन सिफारिस गरेको हो । तर, ट्रान्जिट हुँदै आउने विमान भने नरोकिने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार