Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • लागूऔषध लुटेर बेच्न खोज्दा पक्राउ परे दुई घुमुवा प्रहरी

    लागूऔषध लुटेर बेच्न खोज्दा पक्राउ परे दुई घुमुवा प्रहरी

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 9.7K
    SHARES

    काठमाडौं । लागूऔषध कारोबारको आरोपमा महानगरीय प्रहरी वृत्त जनसेवा वृत्तका दुई घुमुवा प्रहरी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा जनसेवामा कार्यरत रहेका जवानद्वय नरेन्द्रसिंह नगारी र प्रेम ओड छन्।



    शुक्रबार काठमाडौंको डल्लु क्षेत्रबाट पक्राउ परेका उनीहरुले बरामद भएको लागूऔषध बेच्न खोजेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिलिप चौधरीले बताए ।



    उनीहरुको साथबाट लागूऔषध डाइजेपाम, फेनारगन, नुर्फिन समेत गरी १८६ एम्पुल बरामद भएको छ ।

    प्रहरी अनुसन्धानका क्रममा अन्य लागूऔषधको गिरोहसँग उनीहरुको कनेक्सन भेटिएको छ।

    उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार