Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बाइडेनलाई धम्की दिंदै किम जोङले भने – अत्यन्त गम्भीर अवस्थाको सामना गर्न तयार हुनुहोस्

    बाइडेनलाई धम्की दिंदै किम जोङले भने – अत्यन्त गम्भीर अवस्थाको सामना गर्न तयार हुनुहोस्

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 5.6K
    SHARES

    एजेन्सी। उत्तर कोरियाले  राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको भन्दै अमेरिकाले ‘अत्यन्त गम्भीर अवस्था’ सामना गर्नुपर्ने वताएको छ।

    अमेरिकी राष्ट्रपतिले उत्तर कोरिया र यसको आणविक कार्यक्रमसम्बन्धी आफ्नो रणनीति घोषणा गर्न लागेका बेला उत्तर कोरियाली नेता  किम जोङ उनको यो भनाइ आएको हो ।



    उत्तर कोरियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, बाइडेनले आफ्नो भर्खरको भाषणमा उत्तर कोरियालाई सुरक्षाको लागि ठूलो खतरा देखाएएका छन् । बाइडेनलाई पनि आउँदो समयमा ‘शत्रुतापूर्ण निती’ अपनाइने छ।



    यस हप्ताको सुरुमा राष्ट्रपति बाइडेनले उत्तर कोरियाको आणविक कार्यक्रमलाई विश्वव्यापी सुरक्षाका लागि ‘गम्भीर खतरा’ भएको बताएका थिए ।

    व्हाइट हाउसका प्रवक्ता जेन सासाकीले शुक्रबार भने,  ‘अमेरिकी नीति समीक्षा बैठक सकियो र अमेरिकाले उत्तर कोरियाको आणविक योजना रोक्न असफल भएपछि राष्ट्रपति बाइडेनले अघिल्लो प्रशासनबाट सिकेका छन्। हाम्रो नीति अब  सम्झौतामा केन्द्रित हुनेछ रणनीतिक धैर्यमा होइन। अमेरिकाले अब व्यवहारिक  दृष्टिकोण अपनाउनेछ र उत्तर कोरियासँग कूटनीतिक सम्बन्धको सम्भावनाहरूको अन्वेषण गर्नेछ, जबकि आफ्नो र यसका सहयोगीहरूको सुरक्षा बढाउँदै। ‘

    छिट्टै अमेरिकाले समीक्षाको लागि जापान र दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूलाई पनि बोलाउन सक्ने वताइएको छ ।

    आइतवार, उत्तर कोरियाको विदेश मन्त्रालयको एक विज्ञप्ति आधिकारिक मिडियामा चलाइएको थियो। जसमा बाइडेनको बयानलाई असहनीय र ‘ठूलो गल्ती’ भनेर वर्णन गरिएको थियो।

    आफ्नो कार्यकालको १०० दिनको अवसरमा बाइडेनले कांग्रेसको संयुक्त अधिवेशनमा भनेका थिए,  ‘उत्तर कोरिया र इरानको आणविक योजनाहरूले अमेरिका र सम्पूर्ण विश्वको सुरक्षालाई गम्भीर खतरामा पार्छ।’

    उनले यो पनि भने  ‘हामी  सम्बद्ध देशहरूसँग मिलेर यस खतरासँग जुझ्न कूटनीति र कडा निन्दाको प्रयोग गर्नेछौं।

    यद्यपि उत्तर कोरियाले मानवअधिकार कथनप्रति कस्तो प्रतिक्रिया देखायो त्यो अस्पष्ट छ, तर अमेरिकी अखबार वाशिंगटन पोस्टको रिपोर्ट अनुसार अमेरिकाले उत्तर कोरियामा मानवअधिकारका लागि राजदूत नियुक्ति गर्ने विचार गरिरहेको छ।

    हालसम्म उत्तर कोरियाले जो बाइडेनलाई संयुक्त राज्यको नयाँ राष्ट्रपतिको रूपमा लिएको छैन।

    जो बाइडेनले चुनाव प्रचारको क्रममा किम जोङ उनलाई ‘ठग’ भनेका थिए । पछि, जब बाइडेनन विजयी भए, किम जोङ ले एक भाषणमा अमेरिकालाई ‘सबैभन्दा खराब शत्रु’ भनेर वर्णन गरे।

    पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो राष्ट्रपति थिए, जसले किम जोङलाई तीन पटक भेटे तर आणविक योजना र प्रतिबन्ध सम्बन्धी कुनै पनि सम्झौतामा असफल भए। बिबिसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार