Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बालिका खड्का आज धरौटीमा छुट्ने सम्भावना

    बालिका खड्का आज धरौटीमा छुट्ने सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ। प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई दुर्व्यवहार एवं गालीगलौज गरेको आरोपमा पक्राउ परेकी नेकपा एमालेकी बिबादास्पद नेतृ बालिका खड्काको मुद्दामा आज थुनछेक बहस हुँदैछ । जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस हुने एक सरकारी वकिलले जानकारी दिए। उनका अनुसार खड्का आज धरौटीमा छुट्ने सम्भावना रहेको छ।

    गत वैशाख ९ मा एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट पक्राउ परेकी खड्काले उक्त दिन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यालय निरीक्षण गर्न जाँदा बालिकाले मुख्यमन्त्री राईलाई अभद्र व्यवहार गरेकी थिइन्।



    खड्काले मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज र यौनशोषणको आरोप लगाउँदै आएकी छिन्।



    महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतका अनुसार बालिकालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएकोमा आज थुनछेक बहस हुन लागेको हो।

    मुख्यमन्त्री राई र खड्काबीच लामो समयदेखि विवाद रहँदै आएको छ ।

    यसअघि पनि खड्का पक्राउ पर्दै छुट्दै आएकी थिइन।

    खड्काले केही समय पहिले राईकी श्रीमती भएको दाबी गर्दै अंश मुद्दा दायर गरेर चर्चामा आएकी थिइन्।

    तर, उनले मुद्दा फिर्ता लिइसकेकी छन्। खड्काले अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै काठमाडौं जिल्ला अदालतबाट मुद्दा फिर्ता लिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार