Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भारतीय खोप उत्पादक कम्पनीका सीइओ लण्डनमा, भन्छन्- ठूलो दबाब आयो

    भारतीय खोप उत्पादक कम्पनीका सीइओ लण्डनमा, भन्छन्- ठूलो दबाब आयो

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 2.1K
    SHARES

    नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अदर पुनावाला बेलायत पुगेका छन्। उनी भारतमा आफूमाथि अत्याधिक दबाब आएको भन्दै बेलायत गएका हुन् ।

    सीइओ पुनावालाले आफूमाथि अत्याधिक दबाब आएको दि टाइम्ससँगको अन्तरवार्तामा प्रतिक्रिया दिएका छन् ।



    भारतको संकटपूर्ण अवस्थालाई आफू एक्लैले केही गर्न नसक्ने भन्दै पुनावालाले लण्डन पुगेर खोपका लागि आफूमाथि शक्तिशाली मानिसहरूको समेत दबाब आएको प्रतिक्रिया दिएका थिए ।



    अन्तर्वार्तापछि उनले फेरि आफ्नो ट्वीटरमार्फत् खोप उत्पादनको काम भारतमै अघि बढिरहेको बताए । साथै चाँडै नै भारत फिर्कने पनि उनले बताएका छन् । भारतको पुणेमा रहेको सेरम इन्स्टिच्यूटले कोभिड १९ विरुद्धको खोप कोभिशील्ड उत्पादन गर्दैआएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार