Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मध्यरातमा पतिको हत्या गरेर फरार पत्नीसहित ४ जना पक्राउ

    मध्यरातमा पतिको हत्या गरेर फरार पत्नीसहित ४ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 5.2K
    SHARES

    जनकपुर ।  जिल्ला प्रहरी कार्यालय धनुषाले पतिको हत्या गरेको आरोपमा  पत्नीसहित ४ जनालाई  पक्राउ गरेको छ ।

    गत शुक्रबार राति धनुषाको हंसपुर नगरपालिकामा – ६ स्थित टिल्हीका २५ वर्षीय शम्भु मण्डलको राति घाँटीमा छुरा प्रहारबाट हत्या भएको थियो ।



    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी प्रकाश रानाभाटले प्रहरी टोलीले  हत्यापछि फरार मण्डलकी  २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल, मृतकका भाइ अनिल मण्डल र उनीहरुका २ जना सहयोगीलाई उदयपुरबाट पक्राउ गर्न सफल भएको वताए ।



    प्रहरीका अनुसार घटना लगत्तै देवर र भाउजू भागेका थिए ।  हत्यापछि उनीहरुलाई भगाउन सहयोग गर्नेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    गत शुक्रबार मध्यरातमा देवर र भाउजु मिलेर शम्भु मण्डललाई घाँटीसहित शरीरको विभिन्न भागमा छुरा प्रहार गरी हत्या भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार