Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी फाइनलमा

    च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।

    मंगलबार राति भएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई २–० गोलले हराउँदै सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।



    सिटीका लागि रियाद महरेजले दुई गोल गरे । पहिलो लेगमा २–१ ले विजयी भएको सिटी दोस्रो लेगमा पनि २ गोल गर्दै समग्रमा ४–१ गोलका साथ फाइनलमा पुगेको हो । खेलमा गोल गर्ने केहि उत्कृष्ट मौका पाए पनि पीएसीजीले सदुपयोग गर्न सकेन ।



    खेलको अन्तिमतिर डि मारियाले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । सिटीले अब उपाधिको लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासँग मे २९ तारिखमा खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार